
काठमाडौं । बाढी पहिरोले बेघर भएका भारतको बिहारका सर्वसाधारणले सरकारले आफूहरुलाई वेवास्ता गरेको भन्दै उचित राहतको ब्यवस्था गर्न माग गरेका छन ।
खाद्यान्न अभावका कारण भौकै बस्नुपरेको भन्दै उनीहरुले भारत सरकार समक्ष उचित प्रबन्धको माग समेत गरेका छन् ।
बिहारमा हालै आएको भारी बर्षा र बाढी पहिरोका कारण २ लाख ६२ हजार भन्दा बढी सर्वसाधारण बेघर भएका छन् भने ३० लाख मानिस प्रभावित छन् ।
सरकारले बाढी प्रभावितहरुका लागि २६ वटा राहत शिविर मार्फत २३ हजार बाढी प्रभावितलाई बसोबासको व्यवस्था गरेपनि शिविर पर्याप्त नभएको पिडितहरुको गुनासो छ ।
यसैबीच भारतको कमाल बलान र अधवारा नदीको पानी बिभिन्न गाउँहरुमा प्रवेश गर्ने क्रम रोकिएको छैन ।
भारतमा मनसुन शुरु भएपछि आएको बाढी पहिरोमा पनि ९४ जनाको मृत्यु भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्