
ओखलढुंगा । हाटबजार सञ्चालन भएसँगै ओखलढुंगामा कोरोनाको जोखिम बढेको छ । लकडाउनसँगै बन्द भएको साप्ताहिक हाट सञ्चालनमा आउन थालेपछि कोरोनाको जोखिम बढेको हो ।
बजारमा मास्क नलगाउने र भीडभाड बढेपछि ओखलढुंगामा कोरोना बढ्ने भन्दै बजारबासी चिन्तित भएका छन् ।
साताको दुई पटक बुधबार र शनिबार लाग्ने हाटबजार कृषिजन्य उपज र दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्नेगरी सञ्चालनमा ल्याइएको हो ।
हाटको व्यवस्थापन गर्न नगरपालिकाले सदरमुकाम क्षेत्र र गाउँबाट किनबेच गर्न आउनेहरुका लागि सेनिटाइजर र हात धुने व्यवस्था समेत गरेको छैन ।
यसअघि किसानले गाउँबाट डोकोमा तरकारी ल्याएर सदरमुकाम क्षेत्रमा घर घर डुलाएर बिक्री गर्दै आएका थिए ।
बजारबासीले भने स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाएर मात्र हाट बजार सञ्चालन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्