६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्के


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

जिल्लाभर तीन जनाको कोरोनाका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

जिल्लामा १ सय ३८ जना क्वारेन्टिनमा बसेका छन् भने एक जना मात्र कोरोना संक्रमित छन् ।