२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वीरगञ्ज औधोगिक करिडोर कोरोनाको उच्च जोखिममा


0
Shares

बारा । पथलैया— वीरगञ्ज औधोगिक करिडोर उच्च जोखिममा परेको छ । जगदम्बा इन्टरप्राइजेज र मारुती फर्मास्युटिकल औषधी उद्योगमा कार्यरत भारतीय कर्मचारी र मजदुरहरुमा कोरोना संक्रमण देखिएपछि करिडोरमा जोखिम देखिएको हो ।

दुवै उद्योगमा संक्रमित देखिने बित्तिकै प्रशासनले बन्द गराएको छ भने उद्योग सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनुसार सञ्चालन गर्न जिल्ला प्रशासन बाराले बुधबार सूचनासमेत जारी गरेको छ ।

स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना नगरेको पाइए तत्काल उद्योग बन्द गर्नेे प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

गत साउन ७ गतेबाट सरकारले लकडाउन खोलेपछि करिडोरका उद्योगहरुले लुकीछिपी ठूलो संख्यामा भारतीय कामदार भित्र्याएर काममा लगाएको हुँदा करिडोरमा उनीहरूबाटै संक्रमण व्यापक रुपमा फैलिन थालेको प्रशासनको ठहर छ ।

करिडोरका एउटै उद्योगमा ४ हजारसम्म मजदुर र कर्मचारी दैनिक काम गर्ने ठूला र साना करीब १२ सय उद्योग सञ्चालनमा रहेका छन् । जस्मा ६० प्रतिशत भारतीय कर्मचारी र श्रमिक रहेका छन् ।