
झापा, साउन १५ । मेची भन्सार कार्यालय काँकडभिट्टा, झापाले आर्थिक वर्ष २०७६/०७७ मा बंगलादेशसँगको व्यापार घाटा करिब चार अर्ब रुपैयाँभन्दा बढी भएको जनाएको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले नेपालबाट ९५ करोड बराबरकोे सामान निर्यात हुँदा बंगलादेशबाट पाँच अर्ब बराबरका विभिन्न मालवस्तु नेपालतर्फ आयात भएको जानकारी दिनभएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा पनि नेपालले दुई अर्ब ४१ करोड रुपैयाँ घाटा व्यहोरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
दुई दशकदेखि सुरु भएको व्यापारमा सुरुका वर्षमा नेपालले बढी सामान निर्यात गरेपनि पछिल्लो केही वर्षदेखि नेपालले बंगलादेशसँगको व्यापारमा घाटा व्यहोरीरहेको जिल्ला भन्सार कार्यालयको तथ्यांकमा रहेको छ ।
नेपालबाट विशेषगरी बंगलादेशमा ‘डिउटी फ्रि’ भएका मालवस्तुमात्र निर्यात हुने गरेको छ । जसकारण पनि आयातको तुलनामा निर्यात कम हुँदा नेपालले व्यापार घाटा सहनुपरेको भन्सार अधिकारीहरुको भनाइ छ ।
पूर्वी नाकाबाट हुने कुल व्यापारको १५ देखि २० प्रतिशत व्यापार बंगलादेशसँग हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्