१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शैक्षिक क्षेत्रको अन्योलः के भन्छन्, सरोकारवाला ?


0
Shares

school

दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज)

काठमाडौं, साउन १५ । सरकारले आउँदो भदौ १५ गतेबाट विद्यालयको पठनपाठन सुरु गर्ने जनाएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले ढुक्कसँग कक्षा सञ्चालन गर्न सकिने अवस्था भने नरहेको सरोकारवालाहरुले जनाएका छन् ।

सामान्य अवस्था हुन्थ्यो भने शैक्षिकसत्र वैशाखबाट सुरु भएर यतिबेला पहिलो त्रैमासिक परीक्षा सकिइसकेको हुन्थ्यो । तर, कोरोना महामारीले शैक्षिक क्षेत्र अस्तव्यस्त बनाएको छ ।

‘लकडाउन’ हटाएसँगै सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना गर्न र अवस्था सामान्य बनेमा भदौ १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ ।

उक्त समयमा कक्षा सञ्चालन गर्न नसकिएपनि शैक्षिकसत्रलाई असर नपर्ने गरी कक्षा सञ्चालन गर्नेगरी शिक्षा मन्त्रालय गृहकार्यमा जुटेको छ ।

सरकारले विद्यालयलाई ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’को रुपमा प्रयोग नगर्ने निर्णय गरिसकेको छ ।

विद्यालय आउन–जान असर हुनेगरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय सरकारको छ ।

अभिभावकहरु भने अहिलेको अवस्थामा आफ्ना छोरा–छोरीलाई ढुक्कसँग विद्यालय पठाउन सक्ने अवस्था नरहेको बताउँछन् ।

उनीहरुले लाखौं विद्यार्थीको स्वास्थ्यमा खेलबाड नर्गन उनीहरुले सचेत गराएका छन् ।

शिक्षकहरु भने आफूहरुको कोरोना परीक्षण गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षाको ‘ग्यारेन्टी’ भए पठनपाठन गर्न सकिने बताउँछन् ।

कोरोना महामारीका कारण अहिले मुलुकभर ७५ लाख बालबालिका विद्यालयबाहिर छन् । संक्रमणको जोखिम र त्रास बढी नै रहेको छ ।

यस्तो अवस्थामा विद्यालयको नियमित पठनपाठनलाई कसरी सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ भन्नेतर्फ भने विश्वसनीय वातावरण निर्माण गर्नु जरुरी छ ।

भिडियो हेर्नुहोस्