२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देउवाविरुद्ध आक्रामक बन्दै पौडेल पक्ष


0
Shares

politics

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले विधानविपरीत पद र प्रलोभन बाँडेर महाधिवेशन प्रभावित पार्ने चलखेल गरेको आरोप लगाउनुभएको छ ।

उहाँले विभाग गठन र विस्तारको सम्बन्धमा सभापति देउवाले गुनासाहरुलाई सम्बोधन गर्न नचाहेको बताउनुभयो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेता पौडेलले आफूहरुले यसअघि निर्वाचन समितिलाई ध्यानाकर्षणपत्र बुझाएपनि त्यसको सुनुवाइ नभएको भन्दै पार्टी सभापति विधानको अक्षर र भावनाविपरीत कार्य गर्न उद्धत भएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले बिहीबार बिहान सभापति देउवालाई भेटेर ध्याानाकर्षणपत्रमार्फत् लिखित असहमति जनाएकोसमेत बताउनुभयो ।

ध्यानाकर्षणपत्रमा थपिएको एक वर्षभित्र महाधिवेशनको तयारी गर्नुको सट्टा विभाग गठन गरेर देउवाले महाधिवेशन प्रभावित गर्ने मनसाय राखेको, क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको, अन्य पार्टी परित्याग गरी आउने सदस्य तथा पार्टी समायोजनका बाँकी काम, भातृ एवं शुभेच्छुक संस्थाहरुको निस्क्रियता र विदेशस्थित जनसम्पर्क समितिहरुका अध्यक्षहरुलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएकोलगायतका विषय उल्लेख छ ।

यी विषयहरुलाई महाधिवेशनसम्म एजेन्डा बनाएर अघि बढ्ने पौडेल समूहले निष्कर्ष निकालेको छ ।

यसअघि, बुधबार पौडेल पक्षले आफूनिकटकाहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएर पार्टी सभापति विधानविपरीत चलेको तथा विभाग गठन गरेको विषयमा छलफल गरेको थियो ।

बुधबार नै सभापति देउवाले कांग्रेसमा करिब ५०० को हाराहारीमा ज्येष्ठ राजनीतिज्ञ सभा गठन गर्नुभएको थियो ।