१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेयरबजार सकारात्मक


0
Shares

nepse

काठमाडौं, साउन १५ । पछिल्ला दिन ओरालो लाग्न थालेको सेयरबजार साताको अन्तिम दिन बिहीबार भने सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंक बढीले सकारात्मक रहेर १४ सय ३९ पुग्यो ।

यसदिन कारोबार भएका सबै समूह हरियो रहे । जीवनबिमा समूह सबैभन्दा उच्च ५५ अंकले अनि निर्जीवन बिमा समूह पनि ५० अंकले उकालो लागे । उत्पादनमूलक, होटल र लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८९ कम्पनीको ३४ लाख बढी कित्ता सेयर १ अर्ब ३२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।