२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपालमा कोरोनाबाट मर्नेको संख्या ५५ पुग्यो, वीरगञ्जमा थप तीनको मृत्यु


0
Shares

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

यस्तै, गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ ।

नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि उनलाई साउन ५ गते तराइ हस्पिटलमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

रिपोर्ट पोजेटिभ आउनु अगाडि नै उनको मृत्यु भएको थियो । योसंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ ।