
dav
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा कोरोना पुष्टि भएको छ । नगर प्रमुख बिजय कुमार सरावगीलाई कोरोना पुष्टि भएको हो ।
हल्का ज्वरो आउन थालेपछि राजधानीको टेकु अस्पतालमा हिजो गरिएको स्वाब परिक्षणमा कारोना पोजेटिभ देखिएको हो ।
हल्का ज्वरो वाहेक अरु सबै स्थास्थ्य अवस्था समान्य रहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिनुभयो ।
नगर प्रमुख सरावगीले समाजिक सञ्जालमा आफु कारोना संक्रमित भएको र सबै नगरवासीलाई सावाधान रहन आग्रह गर्नुभएको छ ।
उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्