१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङजामा जीप दुर्घटना, एकको मृत्यु, पाँच घाईते


13
Shares

स्याङ्जा । वालिङमा गए राती जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका बाँयटारीबाट सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्वरको जीप वालिङ नगरपालिकाको लामपातेमा दुर्घटना हुँदा जीपका सह–चालक १४ बर्षीय सुदिप गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परि ५ जना घाईते भएका छन् । गम्भिर घाईते भएका वालिङ नगरपालिकाका ३० बर्षीय तीलकुमारी गुरुङ् र ६५ वर्षीय तील कुमारी थापाको पोखरामा उपचार भईरहेको छ ।

त्यसैगरी घाईते भएका ३३ बर्षीय ममता गुरुङ्, २८ बर्षीय प्रमिला गुरुङ् र ४५ बर्षीय मनमाया गुरुङ्को स्थानीय प्राथमिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जीप चालक निलबहादुर गुरुङ्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।