१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१३ औं सागका स्वर्ण पदक विजेताहरुलाई कांंग्रेसले आज सम्मान गर्दै


0
Shares

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्न सफल खेलाडीहरुलाई आज नेपाली कांंग्रेसले नगद पुरस्कारसहित सम्मान गर्दैछ ।

१३ औं सागमा ५१ स्वर्ण पदक जितेका ८० जना खेलाडीहरुलाई सम्मान गर्न लागिएको हो । कांग्रेसको खेलकुद विभागले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पुरस्कार तथा सम्मान कार्यक्रम राखेको छ ।

कांग्रेसले एउटा स्वर्ण पदक जित्नेलाई १० हजार रुपैंया पुरस्कार दिनेछ । एकभन्दा बढी स्वर्ण पदक जित्नेले भने थपिएको हरेक स्वर्ण पदक बराबर ५ हजार रुपैंया बढी पाउँनेछन् ।

टिम गेमतर्फ स्वर्ण पदक जित्ने फुटबलका सबै २३ जना खेलाडीलाई जनही १० हजारका दरले सम्मान गरिनेछ ।

नेपालले १३ औं सागमा व्यक्तिगत र समूहगत गरि १३ वटा खेलमा ५१ स्वर्ण पदक जितेको थियो ।