१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फुल्हम च्याम्पियनसिप प्ले अफको फाईनलमा


0
Shares

काठमाडौं । कार्डिफ सिटीलाई हराउँदै फुल्हम इंग्लीश च्याम्पियनसिप फुटबल प्ले–अफ्को फाईनलमा पुगेको छ ।

इंग्लीश प्रिमियर डिभिजनमा उक्लिने होडमा रहेका यी दुई टोलीबीचको खेलमा फुल्हम समग्रमा ३–२ ले विजयी भयो ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा २–१ ले पराजित भएपनि पहिलो लेगमा हात पारेको २–० को जित फुल्हमलाई फलाईनलमा पु¥याउन पर्याप्त बन्यो ।

प्ले अफ्को फाईनलमा अब फुल्हमले ब्रेन्टफोर्डको सामना गर्नेछ । सो खेलको विजेता टोली इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियरसिपमा उक्लिनेछ ।

फुल्हम र ब्रेन्टफोर्ड दुबै टोली पश्चिम लण्डनका क्लबहरु हुन् । यी दुई क्लबका रंगशालाबिचको दुरी साँढे चार माईल मात्रै छ ।

च्याम्पियनसिपमा ब्रेन्टफोर्ड तेस्रो भएको थियो भने फुल्हम चौथो भएको थियो । लण्डनका यी दुई टोली प्ले अफ्को फाईनलमा पुग्दा वेल्सका दुई टोली स्वान्सी सिटी र कार्डिफ सिटी भने स्तब्ध भएका छन् ।

यो सिजन च्याम्पियनसिप विजेता लिड्स युनाईटेड र उपविजेता वेष्ट ब्रोम प्रिमियर डिभिजनमा उक्लिसकेका छन् ।

प्रिमियरसिपबाट नरिच सिटी, बर्नमाउथ र वाट्फोर्ड च्याम्पियनसिपमा झरेका छन् । एजेन्सी