
कैलाली । अविरल बर्षासंगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।
बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर–८ का ४० बर्षिय ईश्वर साहको शव आज फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले साहको शव पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको बताउनुभयो ।
योसंगै जिल्लामा बाढीमा बगेर मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो ।
भजनी नगरपालिका ८ का चक्र विक भने अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्