१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपति क्षेत्र विकास कोषको प्रस्तावित नयाँ गुरुयोजना खारेजीको माग गर्दै स्थानीय आन्दोलित


0
Shares

pashupati

काठमाडौं, साउन १६ । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित १०० वर्षे नयाँ गुरुयोजना खारेजीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।

स्थानीयले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् ।

समितिले शुक्रबार पशुपति क्षेत्रमा पत्रकार सम्मेलन गर्दै स्थानीय धर्म, संस्कृति, परम्परा एवं प्राचीन बस्ती नै विस्थापित हुनेगरी ल्याइएको गुरुयोजना तत्काल खारेजीको माग गर्‍यो ।

समितिले कोष गठन भएयता यस क्षेत्रका प्राचीन मूर्तिहरुको चोरी भएको, मौलिक संस्कृति, मूर्त–अमूर्त सम्पदाहरु नष्ट हुँदै गएको आरोप लगाएको छ ।

कमिसनको खेलमामा लागेको कोष कर्मचारी भर्ती केन्द्रको रुपमा मात्र सञ्चालन हुँदै गएको आरोपसमेत स्थानीयले लगाएका छन् ।

पाशुपत क्षेत्र ‘ग्वल’लाई कोषले खेलबाड गरी विनास र विध्वंशात्मक नीति लिएकोमा पनि समितिले घोर भर्त्सना गरेको छ ।

पशुपति क्षेत्रको संरक्षण गर्न १०० वर्षे गुरुयोजना ल्याएको दाबी गर्दै कोषले पाँच/पाँच वर्षका तीन चरणमा काम सम्पन्न गरिने जनाएको छ ।

तर, कोषले ल्याएको गुरुयोजना तथा पछिल्ला गतिविधिप्रति स्थानीय जनसमुदाय, भक्तजन र सरोकारवाला पक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।