१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायाधीशमा कोरोना, उच्च अदालत जनकपुर र धनुषा जिल्ला अदालतको सेवा बन्द


0
Shares

corona

जनकपुरधाम, साउन १६ । न्यायाधीशमै कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नम्बर–२ जनकपुरधामस्थित उच्च अदालत र धनुषा जिल्ला अदालतको सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द गरिएको छ ।

उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि साउन ३१ गतेसम्मका लागि निश्चित काम–कारबाहीबाहेक अन्य सबै सेवा बन्द गरिएको जनाइएको छ ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोसिएसनको छलफलबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।