१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाल संगठनमा रहेको बेथिति हटाउन प्रतिबद्ध छु : नवनियुक्त अध्यक्ष


0
Shares

काठमाडौं, साउन १६ । नेपाल बाल संगठनका नवनियुक्त अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सबैको सहयोग पाए संगठनमा रहेको बेथिति अन्त्य गर्न सकिने बताउनुभएको छ ।

नवनियुक्त अध्यक्ष न्यौपाने आफूले चुनौती स्वीकार गरेर आएको बताउँदै संगठनमा रहेको बेथिति हटाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले कुनै पूर्वाग्रह लिएर संगठनमा नआएको स्पष्ट पार्दै सबैलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गर्नुभयो ।

शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का नवनियुक्त कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कार्यसमितिले बालबालिकाको हितमा काम गर्ने र संगठनमा लागेको दाग हटाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बालबालिका शाखा प्रमुख कृष्ण भुसालले संगठनले स्रोत–साधनको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै नयाँ कार्यसमितिले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।