१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु


0
Shares

काठमाडौं । भारतको आन्द्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं मदिराको सट्टा सेवन गरेका थिए ।

यसरी सेवन गर्नेहरुमा गम्भिर स्वास्थ्य समस्या देखिएको र अहिलेसम्म कम्तिमा १० जनाको मृत्यु भएको स्थानिय अधिकारीहरुले बताएका छन् ।

उनीहरुले स्यानिटाइजरलाई चिसो पेय पदार्थ तथा अन्य सफ्ट ड्रिङ्कसँग मिसाएर पिएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

स्यानिटाईजरमा अन्य केही विषालु रसायन थियो कि थिएन भन्नेबारे छानविन गर्न प्रहरीले नमुना संकलन गरि प्रयोगशालामा परिक्षणका लागि पठाएको छ ।(एजेन्सी)