
बारा । जिल्ला प्रशासन कार्यालय बाराले भोलि(आइतबार)देखि लागू हुने गरी स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा(कर्फयू) जारी गरेको छ ।
आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बारामा दैनीक संंक्रमीतको संख्या बढदै जादा नागरीक स्तरबाट समेत आवाज उठ्न थाले पछि जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिको बैठकले स्थान निर्धारण गरेर भोलिदेखि अर्को सूचना जारी नआएसम्मका लागि लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रशासनले प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्