
काठमाडौं । भारतमा एकै दिन ५७ हजार भन्दा बढी कोरोनावाट संक्रमित भएका छन् ।
भारतमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।
पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जनामा संक्रमित हुँदा ७ सय ६४ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै संक्रमित राज्यमध्ये तेस्रोमा आंध्र प्रदेश परेको छ ।
शुक्रबार मात्रै आन्ध्र प्रदेशमा १० हजार ३ सय ७६ नयाँ संक्रमित थपिएका हुन् ।
त्यसैगरी महाराष्ट्रमा थप १० हजार ३ सय २० जना संक्रमित भएका छन् ।
यो संगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ भने ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्