
पुष्पकमल दाहाल । फाइल तस्वीर ।
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताउनुभएको छ ।
जन नायक तुलसीलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले पार्टी एकत प्रक्रिया नटुंगिएको बेलामा भएका पछिल्ला गतिविधिले कार्यकर्ता र आम नागरिकमा अन्योलता छाएको बताउनुभएको हो ।
उहाँले पार्टीमा रहेका विभिन्न समस्या समाधानका लागि संघर्ष जारी रहेपनि यो पदको निम्ति विवाद नभएको स्पष्ट पार्नुभएको छ ।
उहाँले विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको दावी गर्नुभयो ।
पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अछिन्न राखेर अघि बढ्ने भन्ने बारेमा छलफल जारी रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्