६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


रमाइलोडाँडा-रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे उक्कियो


0
Shares

ओखलढुंगा । ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे कामै नलाग्ने गरेर उक्किएछि त्यसलाई हटाउन थालिएको छ ।

ठेकेदार कम्पनी तामाङ कुमार जेभीले ९ महिनाअघि बिछ्याएको कालोपत्रे उक्किएएपछि पुनः कालोपत्रे गर्न थालिएको हो ।

एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख रुपैयाको लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत संचालित सडकको अधिकांश भागको कालोपत्रे उक्किएको हो ।

सडकमा ठेकेदारको लापरवाहीको कारण कालोपत्रेको काम गुणस्तरहीन भएको स्थानीयको आरोप छ ।