५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


उखु बिक्री भएन, झापाका कृषक चिन्तित


0
Shares

झापा, साउन १७ । उखु बिक्री नभएपछि झापाका उखु कृषक चिन्तित भएका छन् ।

उखु बिक्री गर्ने मुख्य समयमा ‘लकडाउन’ भएका कारण झापाका कृषकले सयौं बिघा क्षेत्रफलमा लगाएको उखु त्यसै खेर गएको हो ।

उत्पादन गरेको करोडौं मूल्य बराबरको उखु बिक्री नभएपछि कृषक समस्यामा परेका छन् ।

झापामा उत्पादन भएको उखु जुस बनाउनका लागि काठमाडौंसम्म निकासी हुने गरेको थियो ।

झापामा ४०० बिघा क्षेत्रफलमा कृषकले व्यावसायिक उखुखेती गर्दै आएका छन् । विषेशगरी अर्जुनधारा, शनिश्चरे, वैशाबाडी, जयपुरलगायतका स्थानमा कृषकले उखुको व्यावसायिक खेती गर्दै आएको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।