
काठमाडौं, साउन १७ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले नागरिकस्तरबाटसमेत संस्थागत भ्रष्टाचार हुने गरेको औंल्याएको छ ।
भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्याक्रम लागू गरिरहेको टीआई नेपालले सरकारीस्तरबाट हुने भ्रष्टाचारसँगै नागरिकस्तरबाटसमेत संस्थागत रुप लिएको जनाएको हो ।
टीआई नेपालले भूकम्प अतिप्रभावित १४ जिल्लामा गरिएको अनुगमनमा लाभग्राहीले झुटो विवरण दिएर अनुदान लिइरहेको पाइएको जनाएको छ ।
१४ जिल्लमाा गरिएको अनुगमनमा ‘अन्य स्थानमा बस्नयोग्य घर छैन’ भनी अनुदान लिएका लाभग्राहीको अन्यत्रपनि बसोबास भेटिएकाले नागरिकस्तरमा भ्रष्टाचार बढेको टीआई नेपालले जानकारी गराएको छ ।
वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि टीआई नेपालले अतिप्रभावित जिल्ला दोलखा, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लामा नागरिक संघ–संस्थासँगको सहकार्यमा नागरिक अनुगमन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्