३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


‘त्रिचन्द्र क्याम्पसलाई सार्ने समाचारमा सत्यता छैन’


0
Shares

काठमाडौं, साउन १७ । त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघरअगाडि सार्ने विषयमा कुनै सत्यता नभएको क्याम्पसले प्रस्ट पारेको छ ।

क्याम्पस प्रमुख प्रा. डा. सुनिल अधिकारीले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको प्रष्ट पार्नुभएको छ ।

विज्ञप्तिमा रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको नाचघरअगाडि सार्ने विषयमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ ।

क्याम्पसले स्थानान्तरणसम्बन्धी क्याम्पसका तर्फबाट कुनै सम्झौता नभएकोसमेत प्रष्ट जनाएको छ ।