
नवलपुर, साउन १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्याको समाधान नभएको बताउनुभएको छ ।
शनिबार नवलपुरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपाका नेतासमेत रहनुभएका उहाँले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग्नु समस्याको समाधान नभएको बताउनुभएको हो ।
मुख्यमन्त्री गुरुङले अब सहमतिमै एकता महाधिवेशन गर्ने र महाधिवेशन नहुँदासम्म पार्टीमा दुईजना नै अध्यक्ष रहनेगरी सहमति गर्नु आवश्यक रहेको बताउनुभयो ।
पाँच वर्षका लागि ‘म्यान्डेट’ पाएको सरकारलाई बीचैमा हटाउँदा जनतामा राम्रो सन्देश नजाने भन्दै मुख्यमन्त्री गुरुङले पार्टीको विवादले जनतामा समेत नकारात्मक सन्देश जाने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्