
बर्दिया, साउन १७ । बर्दियामा रासायनिक मलको अभावले धान उत्पादमा ह्रास आउने भन्दै किसानहरु चिन्तित भएका छन् ।
‘लकडाउन’का कारण धान रोपेदेखि नै किसानहरुले मागअनुसारको मल नपाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोन राजापुरका प्रमुख डा. तपेन्द्रबहादुर शाहले बताउनुभयो ।
जिल्लामा आपूर्तिका लागि ३१ हजार मेट्रिकटन युरिया, तीन हजार मेट्रिकटन डीएपी र ९४ मेट्रिकटन पोटास आवश्यक पर्दछ ।
बर्दियामा ५० हजार २२६ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टरमा चार मेट्रिकटन छ ।
बबई सिँचाइ आयोजनामार्फत् जिल्लामा ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस्