१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विश्वका प्रख्यात अर्बपति तथा चर्चित व्यक्तिहरुको ट्वीटर ह्याक गर्ने तीन जना पक्राउ


0
Shares

काठमाडौं । केही समय अघि बिश्वका प्रख्यात अर्वपती एवं चर्चित व्यक्तिहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक गर्ने तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा एक बेलायती नागरिक दुई अमेरिकी नागरिक भएको खुलासा भएको छ ।

बेलायतको दक्षिणी तटिय क्षेत्र बोगनोर रेजिसका १९ बर्षिय मैसन शेफर्ड नामका ब्यक्ति रहेको खुलासा भएको हो ।

अन्य दुई जना भने अमेरिकाको टैम्प र ओरलान्डोका दुइजना नागरिक रहेको बुझिएको छ । उनीहरुमाथि गम्भीर अपराधको मुद्दा दायर गरिएको छ ।

बिश्वका चर्चित ब्यक्तित्वहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक केन्या वेष्ट लगायतको ट्वीटर एकाउण्ट गत १५ जुलाइमा ह्याक भएको थियो ।

यी व्यक्तिहरुको एकाउण्ट ह्याक गर्नेले क्रिप्टोकरेन्सी भनेर चिनिने अभौतिक मुद्रा बिटक्वाइनको प्रयोगबारे अफवाह फैलाएका थिए ।

ह्याकरहरुले बिल गेट्सको एकाउण्टमा समाजका लागि बिटक्वाइन मार्फत एक हजार अमेरिकी डलर दिनेलाई आफूले दुई हजार डलर फर्काउने लेखिएको थियो ।

ह्क्याकरहरुले यी स्टाटसहरु पोष्ट गरेको केही मिनेटमै मेटाएका थिए । (एजेन्सी)