१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारले आगो लगाएर घर डढाएको चेपाङ परिवारलाई आर्थिक सहयोग


0
Shares

चितवन । चितवन माडी सिसौखोलाका चेपाङहरुको आवास निर्माणका लागि समाजसेवी तथा चक्रपथ सरसफाइ अभियन्ता ताराबहादुर कुबरले नगद रकम हस्तान्तरण गर्नुभएको छ ।

गएको साता चितवन राष्ट्रिय निकुञ्जले सिसौखोला जङ्गलमा बस्दै आएका चेपाङहरुको टहरामा डोजर र आगो लगाएर बस्ती उठाइएको थियोे ।

समाजसेवी कुबरले आफ्नो ब्यक्तिगत ४१ हजार रकम चेपाङ बस्ती निर्माणको लागि दिनुभएको हो ।

सो रकम माडी वडा नम्बर ९ का वडा अध्यक्ष शिबहरी सुबेदीको रोहवरमा चेपाङ बस्ती निर्माण समिती गठन गरि हस्तान्तरण गरिएको हो ।

समाजको लागि केही गरौ भन्ने हेतुले समाजसेवी कुबरले यो भन्दा अघि काठमाडौमा १६ हप्ता खाद्यान्न लगायतका राहत सामग्री बाँड्नुभएको थियो ।

खाद्यान्न राहतबाट ११ सय घरपरिवार लाभान्वित भएको कुबरले बताउनुभयो । नेपाल हेभी इकुमेन्ट महासंघका अध्यक्ष तथा चक्रपथ सरसफाइ अभियन्ता समेत रहेका कुबरको यो सहयोग प्रती चेपाङबासीहरु तथा माडी ९ का वडा अध्यक्ष लगायत स्थानीयहरुले खुलेर प्रशंसा गरेका छन् ।

आफ्नो सहयोगले चेपाङ बस्तीमा थोरै भएपनी मल्हम पट्टि लगाउन मद्दत पुग्ने बिश्वास लिएको कुबरले बताउनुभया।