२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भाडसर गाउँ वर्षेनी डुबानमा, यसबर्ष गाउँमा बाढी पस्दा २९ घर डुबानमा


0
Shares

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–५ भाडसर गाउँ वर्षेनी डुबानमा पर्दै आएको छ ।

यस वर्षपनि लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेको छ ।

अधिकांश स्थानीय डुबानमै परेको घरमा बसिरहेका छन् भने केहीले छिमेकीको घरमा शरण लिन पुगेका छन् ।

डुबानका कारण घर तथा बिजुलीको पोलबाहेक सडक, खेतबारी र अन्य कुनै पनि संरचना डुबानमा छन् ।

खुटौनातर्फका वासिन्दाले तटबन्ध बनाउन नदिँदा भाडसर क्षेत्र डुबानमा परेको मलङ्गवा नगरपालिकाका मेयर निरसर साहको भनाइ छ ।

स्थानीयको घरसँगै स्वास्थ्यचौकी भाडसर र एक विद्यालयपनि डुबानमा परेको छ ।

स्थानीयले वर्षेनी लखन्देही नदीको बाढी पस्दा डुबानको समस्या झेल्नु परेको गुनासो गरेका छन् ।