१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखाबाट हुने सबै सेवा बन्द, तीन सय बढी प्रहरी क्वारेन्टाइनमा


0
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

महानगरिय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनसार त्यहाँ कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सम्पूर्ण सेवाहरु बन्द गरिएको हो ।

अहिले त्यहाँ करिब तीन सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ ।

महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ ।

उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।

त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ । २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।