
बाँके । बाँकेको स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले कोरोनाको जोखिम बढेपछि आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको हो ।
नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएको थियो ।
कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
स्थानीय प्रशासनले अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारलाई आग्रह गरेको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अन्य सेवा सञ्चालनमा आउन पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्