१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धौलागिरी अस्पतालको भवन निर्माणमा खटिएका कामदारमा कोरोना


0
Shares

डम्मर बुढा मगर,
बागलुङ । धौलागिरी अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउन खुल्ला भएसँगै अस्पतालको ‘सी’ ब्लक भवन निर्माणका लागि महोत्तरीबाट आएका एक युवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको निर्माण सम्बन्धि कामका लागि एकै गाउँबाट आएका १७ जना मध्ये पीसीआर परीक्षणका क्रममा एक युवकमा मात्र कोरोना संक्रमण देखिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

उनीहरु चार दिन अघि अस्पतालको कामका लागि आएर सबै एकै ठाउँमा बस्दै आएका छन् । कोरोना संकट र यससँगै देशमा जारी लकडाउनका कारण अस्पताल भवनको काम ठप्प थियो ।

उनीहरु लकडाउन खुल्ला भएसँगै काम शुरु गर्ने भएकाले आएका थिए । अन्य १६ जनाको नेगेटिभ आए पनि संक्रमण हुने सबै सँगै बसेको हुनाले अब क्वारेन्टिनमा राखेर केही दिन पछि पुनः स्वाब परीक्षण गरिने सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।