२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुन तोलाको लाख नजिक


0
Shares

gold

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै आएको छ । साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९९ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुनसँगै तेजाबी सुनको मूल्य पनि प्रतितोला २९५ रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार घटेको चाँदीको मूल्य आज भने बढेको छ । बिहीबार १२२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार भने २५ रुपैयाँ घट्दै १२०० रुपैयाँमा कारोबार भएको थियो ।

आज भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।