
जितेन्द्र भण्डारी,
पाँचथर । सुन्दर फिदिम नगरपालिका–२ स्थित रमिते भ्यू टावरमा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल वढ्न थालेको छ ।
कोरोना भाइरसका कारण लकडाउनको समयमा बन्द रहेको पर्यटकीयस्थल रमिते भ्यू टावरमा लकडाउन खुलेपछि पर्यटकहरुको चहलपहल बढेको हो ।
कोरोना भाइरसका कारण लकडाउनको समयमा बन्द रहेको पाँचथरको सुन्दर फिदिम नगरपालिका– २ स्थित रमिते भ्यू टावरमा लकडाउन खुलेपछि पर्यटकहरुको चहलपहल वढेको छ ।
नयाँ शहरी आयोजनाको ३ करोड ६५ लाख रुपैयाँको लगानीमा ६ महिनाअघि मात्रै निर्माण सम्पन्न भएको भ्यू टावरमा अहिले दैनिक २ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।
यस भ्यू टावरबाट ताप्लेजुङको पूर्वकै प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिर, कन्चजंघा, कुम्भकर्ण, मकालु मनास्लु लगायतका हिमाल तथा हिमश्रृंखलाहरुका साथै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, सङखुवासभा, भोजपुर लगायतका जिल्लाहरुको दृश्वोलकन गर्न सकिन्छ ।
धेरै स्थानहरुको दृश्यावलोकन गर्न पाइने र स्वच्छ हावामा श्वास लिन पाइने हुँदा भ्यू टावर आउने गरको स्थानीय बताउँछन् ।
पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यले भ्यू टावर निर्माण भएको र टावर सञ्चालनका लागि टेन्डर भएर ठेक्कासमेत परिसकेको हुँदा चाँडै संचालन हुने रमिते भ्यू टावर संचालक समितिका संयोजक तथा फिदिम–२ का वडाअध्यक्ष सुकपाल तुम्बापो बताउनुहुन्छ ।
वार्षिक ६ लाख ६३ हजार रुपैयाँमा नरेश एण्ड दिपेश निर्माण सेवाले ठेक्का पारेको र अब चाँडै संचालनमा ल्याउने तयारी भइरहेको निर्माण सेवा सञ्चालक कल्पना थेवेले बताउनुभयो ।
भ्यू टावरको नजिक चिया बगान पनि लगाउन सक्दा सुनमा सुगुन्ध हुने स्थानीय बताउँछन् ।
रमिते भ्यू टावरलाई व्यवस्थित गरी सिंढीमार्ग निर्माण गर्नुका साथै प्रचारप्रसार भएमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्