
काठमाडौं । भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
उहाँको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गर्दै राष्ट्रले ठूलो क्षति व्यहोरेको जानकारी दिनुभयो ।
भारतमा कोरोना संक्रमणसँगै उत्तर प्रदेश पनि कोरोनाको हटस्पट बनेको बेला सक्रिय रुपमा लागिपर्नु भएका कमला रानी बरुणलाई गत २७ जुलाइमा कोरोना संक्रमण देखिएपछि लखनउको पीजीआई अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् १९५८ मा जन्मनुभएका कमला रानी उत्तर प्रदेशको घाटमपुर, कानपुर नगरका बिधायक रहनु भएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्