
काठमाडौं । भारतको चर्चित क्रिकेट लिग आईपिएल युएईमा हुने पक्का भएको छ । संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमित दिएसँगै प्रतियोगिता हुने निश्चित भएको हो ।
इन्डियन प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको यो संस्करण युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।
आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब यसको सम्पूर्ण तयारी युएईमा केन्द्रित हुने भएको छ ।
प्रतियोगितामा सहभागी हरेक टिममा यस पटकदेखि २४ खेलाडी राख्न पाउने नयाँ नियम बनाइएको छ ।
प्रतियोगिताअन्तर्गत हरेक आइतबार दिनको दुई खेल हुनेछन् भने अन्य दिन एउटा मात्र खेल हुने छ । दर्शकको उपस्थितिबारे भने औपचारिक निर्णय हुन बाँकी छ ।
यूएई क्रिकेट बोर्डले आइपीएलका बेला ३५ प्रतिशत दर्शक राख्न सरकारसँग प्रस्ताव गर्ने बताएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्