
वीरगञ्ज । पर्सामा आज १८ जना नयाँ संक्रमित थपिएका छन् । ४ सुरक्षाकर्मी, १२ महिला, एक सञ्चारकर्मी र एक भारतीयसहित १८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
नारायणी अस्पतालको पिसिआर ल्याबले दिएको जानकारी अनुसार संक्रमितमध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा २ जना, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एक जना र नेपाली सेनामा कार्यरत १ जनासहित १८ जना नयाँ सक्रमित थपिएका हुन् ।
पछिल्लो समय टोल टोल मै परीक्षण गर्न थालिएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्