२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मलेसियामा फेसबुक लाइभ गर्दै एक नेपालीले गरे आत्महत्या


0
Shares

केदार कटुवाल/ईमेज

उदयपुर । पछिल्लो समय सामाजिक संजालमा लाइभ गर्दै आत्माहत्या गर्नेको संख्या बढेको छ ।

यस्तै एउटा घट्ना उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेलटार घर भइ मलेसियामा बस्दै आएका ५१ वर्षीया व्यक्तिले घटाएका छन् ।

वैदेशिक रोजगारको क्रममा २० बर्षदेखि मलेसियाको कोलालम्पुरमा बस्दै आएका हेमराज बिष्टले आफ्नो जन्मदिनको अघिल्लो साँझ ९ मिने १६ सेकेन्डको सामाजिक संजाल(फेसबुक)मा लाइभ गर्दै आत्महत्या गरेका छन् ।

उनले लाइभका क्रममा भनेका छन्–‘आज म लाइभ आउनुको कारण भोलि मेरो बर्थडे हो । त्यस्तै बाध्यताका कारण भोलि मेरो अन्तिम दिन पनि हो । धन सम्पत्ति होस नहोस कसैले फुर्ति नगर्दा हुुन्छ । एक दिन जानु जरुरी छ । सम्पत्ति त म संग पनि कहाँ कम छ र ? दुःख गर्दा सम्पत्ति हुँदो रैछ । मलाइ नपुगेर हैन । कसैसंग झगडा भएर पनि हैन । म ५१ बर्षको भएँ । आजका दिनसम्म कहिले सुखका दिन आएन । अनि किन बाच्नु ?’

४७ सय साथी भएको फेसबुकमा उनले भनेका छन्–‘मलाइ बाँच्न मन भएन । म माथि गएर ठाउँ बनाउँदै गर्छु । जाने त दिन निश्चितै छ । यहाँ कसैले अजम्बरी जीवन पाएको छैन । त्यसैले जानैपर्छ ।’

आफ्नो कमाइको करिब ११–१२ हजार रिङरेड (मलेसियन मुद्रा) देखाउँदै उनले भनेका छन–‘यो मेरी श्रीमतीले पाउन ।’

जन्मदिन मनाउन साउन १८ गते र १ः २५ रातको समय मिलाउदै उनले आत्महत्या गरेको साथीहरुले बताएका छन् ।

उनका श्रीमती र दुई छोरा छन् । जेठा छोरा सिभिल ईन्जिनियर हुन भने कान्छा नेपाल प्रहरीमा सेवा गर्छन ।

उनको शवलाइ मलेसिया क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रियापछि नेपाल ल्याउने तयारी भइरहेको मलेसियामा रहेका उनका आफन्तले बताएका छन् ।