१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोसाइँकुण्ड मेला कोरोना महामारीका कारण प्रभावित


0
Shares

रसुवा । हरेक वर्ष जनै पूर्णिमाका दिन लाग्ने रसुवाको गोसाइँकुण्ड मेला कोरोना महामारीका कारण यस वर्ष प्रभावित भएको छ ।

आज भने जिल्ला भित्रका झाँकीहरु र बाहिरी जिल्लाबाट आएका केही भक्तजनहरुमात्र स्नान गर्न पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

मेलामा प्रत्येक वर्ष स्नानका लागि आउने गोरखनाथ बाबासहितको धार्मिक समूह भने गोसाइँकुण्ड पुगेको समितिले जनाएको छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वाश छ ।