१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विराटनगरमा ७ जना प्रहरीमा कोरोना संक्रमण


0
Shares

काठमाडौं । विराटनगरमा ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

३३ जनाको स्वाब परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमण हुने प्रहरीको संख्या ३१ पुगेको प्रदेश प्रहरी प्रवक्ता दिपक पोखरेलले जानकारी दिए ।

यसअघि प्रदेश प्रहरी कार्यलयमा कार्यरत २४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक साता अघि पहिलो पटक प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो ।