१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खसी चोरेर भाग्दै गरेका चार जना पक्राउ


0
Shares

सुनसरी । चोरी डकैतीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान १३ का आसबहादुर गुरुङको दुईवटा खसी चोरेर भाग्दै गरेको अवस्थामा डाका समूहका चार जालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

डाका समूहको साथबाट एउटा टेम्पो र दुईवटा खसी बरामद गरिएको छ । डकैतीमा संलग्न मोरङ बेलवारीका रोशन पराजुली, मोरङ सुन्दर हरैचाका डम्बरबहादुर आले, इलाम माईजोगमाई गाँउपालिकाका विशाल गुरुङ र ताप्लेजुङ बाखो खोपातालका विवेक तामाङ रहेका छन् ।

चारैजना सामूहिक रुपमा डकैतीमा संलग्न रहँदै आएको र पछिल्लो समयमा सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरीएको हो ।

चारै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारवाहीका लागि अनुसन्धान थालिएको छ ।