
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले फुटबलको योजनाबद्ध विकाशमा सघाउने बताउनुभएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सिलवालले फुटबलको संस्थागत विकासका लागि एन्फाले योजना बनाउनुपर्ने बताउनुभयो ।
फुटबल क्लबहरुको आफ्नै मैदान हुनुपर्ने तर्क गर्दै सिलवालले योजनाबद्ध विकासमा एन्फाले बनाउने जुनजसुकै कार्यक्रममा परिषद् सधैं साथ रहने आश्वाशन दिनुभयो ।
हिजै भलिबल संघको बधाई कार्यक्रममा सिलवालले नेपालमा भलिबलको लागि सुविधासम्पन्न कभर्ड हल बनाउने वाचा गर्नुभयो ।
जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने लिसवालको दृढता छ ।
सदस्य सचिव सिलवालले अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मानयोग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघले बधाई दिदै सफल कार्यकालको कामना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्