
बुटवल । बुटवल उपमहानगरपालिकाले सिंचाई नहर सफा गर्ने नाममा नदीजन्य पदार्थ बिक्री गरेको आरोप स्थानीयले लगाएका छन् ।
नदीजन्य पदार्थ बाँधबाट निकालेर खोलामै राख्नुपर्नेमा आर्थिक उपार्जनका नाममा बस्तीलाई जोखिममा पार्ने गरी नदीजन्य पदार्थ बिक्री गरेको भन्दै स्थानीयले त्यसको बिरोध गरेका छन् ।
उपमहानगरपालिकाले खोला सफा गर्ने नाममा तीनाउ नदीबाट नदीजन्य पदार्थ निकालेर बिक्री गर्दै आएको छ ।
नहर सफा गर्दा यस अगाडि बाँधबाट निकालिएको नदीजन्य पदार्थ नदिमै फाल्ने गरिएको थियो ।
तर, बर्खायामको समयमा जथाभावी नदिजन्य पदार्थ दोहन गर्दा त्यसको असर बस्तीमा पर्ने भएकाले दोहन बन्द गरिनुपर्ने उनीहरुको माग छ ।
उपमहानगरपालिकाले भने बाँध सफा गर्दा बस्ती अझ सुरक्षित हुने र नदीमा फाल्नुभन्दा आयस्रोतको रुपमा उपयोग गर्ने योजना अनुसार नदीजन्य पदार्थ लिलामी गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्