
काठमाडौं । छापावाल सुनको मूल्य आज(मंगलबार) तोलामा दुई सय रुपैंयाँ बढेर ९९ हजार ८ सय पुगेको छ ।
आइतबार ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय पुगेको सुनको मूल्य हिजो स्थिर रह्यो भने आज २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय ७५ पुगेको छ । चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर रहेको छ ।
अहिले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।
कोरोना भाइरसको महामारीपछि विश्वभर सुनको मूल्य बढिरहेको छ ।
सुनको मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्