१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सशस्त्र प्रहरीका डीएसपीसहित १३१ मा कोरोना संक्रमण


0
Shares

काठमाडों । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एकजना डीएसपी पनि छन् ।

संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेको सशस्त्र प्रहरीले जनाएको छ । जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।

संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।