१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक दुर्घटनामा मारिँदै वन्यजन्तु


0
Shares

animal

बारा, साउन २० । बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको उदासीनताका कारण निकुञ्जभित्रको ३० किलोमिटर सडकमा दैनिक संरक्षित वन्यजन्तु मारिने गरेका छन् ।

निकुञ्जभित्रको सडकमा सवारी–साधनको तीव्रगति नियन्त्रणको कुनैपनि प्रयास नहुँदा वन्यजन्तु मारिने गरेका हुन् ।

निकुञ्जमा आहार र बासस्थान घट्दै जाँदा वन्यजन्तुको सडकमा ओहोरदोहर बढदै गएको छ ।

निकुञ्ज प्रशासनले राजमार्गमा वारिपारी गर्न ‘अन्डरपास’ पुल, तीव्र सवारी नियन्त्रण गर्न प्लास्टिक कज्बे नराख्दा समस्या बढ्दै गएको छ ।

चार वर्षयता निकुञ्जभित्रको सडक दुर्घटनामा परी १४३ वन्यजन्तु मारिएका छन् भने २१ घाइते भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख अमिर महर्जनले वन्यजन्तु सवारी दुर्घटनामा मारिने गरेको भन्दै वन्यजन्तु जोगाउन सचेतनामूलक कार्यक्रम गरिने बताउनुभयो ।

वन्यजन्तु राजमार्गमा वारिपारी गर्दै–गर्दा बाघ, चित्तल, बँदेल, लंगुरे, रतुवा मृग, घोडगधा, अजिंगर, सुन गोहोरो, बाँदर, जरायो, नीलगाईलगायतका ४० प्रजातिका संरक्षित वन्यजन्तु मारिने गरेको निकुन्जले जनाएको छ ।