१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हास्यकलाकारहरुले मनाए गाईजात्रा


0
Shares

gaijatra

काठमाडौं, साउन २० । कुर्सीको लालचमा लिप्त भएका केही नेताहरुको कटाक्ष गर्दै हास्यकलाकारहरुले यस वर्षको गाईजात्रा मनाएका छन् ।

कोभिड–१९ का कारण गाईजात्रा महोत्सव खुलारुपमा हुन सम्भव नभएपछि मंगलबार रिपोर्टर्स क्लबमा सहभागी कलाकारहरुले नेतृत्वकर्ता नेताहरुकै गलत कदमको व्यंग्य गरेका छन् ।

उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, पुष्पकमल दाहाललगायत केही शीर्ष नेताहरुका राजनीति गतिविधिसँग सम्बन्धित हास्यचित्रण गर्दै कविता, गीतसमेत गाएका थिए ।

राष्ट्रको गहनाका रुपमा परिचित केही कलाकारहरुमा सामान्य ज्ञानसमेत नहुनु दुःखद भएको भन्दै कहाँ–कसरी के बोल्ने भन्नेमा ध्यान दिनुपर्नेमा सुझाव दिएका थिए ।

यस्तै, नेतामात्र नभइ सामाजिक विकृतिप्रति व्यंग्यात्मक हुनुपर्ने भन्दै सामाजिक सञ्जाल टिकटिकको दुरुपयोग नगर्न पनि कलाकारहरुले आग्रह गरेका थिए ।