१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आमाको सलले ‘आत्महत्या’


0
Shares

उदयपुर, साउन २० । उदयपुरमा छुट्टा–छुट्टै घटनामा मंगलबार दुईजनाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका–४, बसाहा बुइपाली टोलका १९ वर्षीय प्रकाश विक गर्मी छल्न साथीहरुसँग करुन्जे पोखरीमा जाँदा नुहाउनेक्रममा डुबेर मृत्युु भएको छ ।

स्थानीय र नेपाल प्रहरीको सहयोगमा तीन घन्टापछि उनको शव भेटिएको थियो ।

शव पोस्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

आत्महत्या
यस्तै, बेलका नगरपालिका–५, सिखरमाडीका १२ वर्षीया विभिषा खड्काले घरमा कोही नभएको समयमा आमाको सल प्रयोग गरेर ‘आत्महत्या’ गरेकी छन् ।

उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।