१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लेबनानमा एक गोदाममा विष्फोट हुँदा ७० जनाको मृत्यु, चार हजार वढी घाइते


0
Shares

काठमाडौं । लेबनानको एक गोदाममा बिष्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

विष्फोटमा परि चार हजार भन्दा वढी घाइते भएका छन् । लेवनानको राजधानी बेरुतमा बिष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको बुझिएको छ ।

मारिनेनमा बीबीसीका एक पत्रकार पनि रहेका छन् । गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ ।

लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।

घटना लगत्तै ट्वीट गर्दै राष्ट्रपति मिसेलले घटनाको बारेमा गम्भीर अनुसन्धान थालिने प्रतिक्रिया जनाउनुभयो ।

घटना पछी लेवननमा तीन दिवसीय शोक अवधि घोषणा गरिएको छ ।

यसका लागि देशको आपतकालिन कोषबाट ६ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम निकासा गरिने छ ।

यसैबीच लेवननका प्रधानमन्त्री हसल दीबले घटना निकै गम्भीर भएको वताउदै जिम्मेवार जो कोही कानुनको भागीदार हुनुपर्ने जनाउनु भएको छ ।

बिष्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् ।

बिस्फोटको आवाज पुर्वी भुमध्य सागरको साइप्रस टापुको २ सय ४० किलोमिटर सम्म फैलिएको थियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।(एजेन्सी)